काठमाण्डौ र बुटवलमा सूचना प्रविधि पार्क, ३ वर्षसम्म भाडा नतिरि काम गर्न पाइने

 जेठ १५, २०८१ मंगलबार १६:७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान विन्दुका रूपमा कार्यान्वयन गर्ने भएको छ ।

बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधिको विकासमा आउँदो वर्ष उच्च प्राथमिकता दिने बताउनुभएको छ । डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरेर कार्यान्वयन गर्न ५९ करोड रुपैयाँ विनियोजन भएको छ ।

काठमाण्डौ  र बुटवलमा सरकार र निजी भवन उपयोग गरेर सूचना प्रविधि पार्क बनाउने घोषणा भएको छ । जहाँ चाैबीसै घण्टा बिजुली, उच्च गतिको इन्टरनेट, रेस्टुरेन्ट र सुरक्षा हुनेछ । पार्कमा तीन वर्षसम्म कुनै शुल्क नतिरि बसेर काम गर्न सकिनेछ ।

यसैगरी ललितपुरको भैँसेपाटीमा ज्ञान पार्क बनाउन १७ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै स्वेदेशी सफ्टवेर प्रयोगमा प्रोत्साहन गर्ने, सूचना प्रविधि विषय पढिरहेका युवालाई सूचना प्रविधि उद्योगमा इन्टर्नको रूपमा काम दिइने लगायतका विषय बजेटमा उल्लेख छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया