सहकारीमा डुबेको ५ लाखसम्मको रकम सरकारले फिर्ता दिने, भूमि मन्त्रालयको बजेट ६ अर्ब ८२ करोड रुपैयाँ

 जेठ १५, २०८१ मंगलबार १६:२१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले सहकारीमा पाँच लाख रुपैयाँसम्म रकम बचत गरेर फिर्ता नपाएका बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेको छ ।

आउँदाे आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पाँच लाख रुपैयाँसम्म रकम बचत गरेका एकाघरका बचतकर्ताको रकम फिर्ता गरिने जानकारी गराउनुभएको हो । उहाँले सहकारीको व्यवस्थापनका लागि नियमनकारी निकाय स्थापना गर्ने पनि बताउनुभयो ।

यस्तै सरकारले पाँच लाख भूमिहीनलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने पनि घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आउँदो आर्थिक वर्षको बजेट ६ अर्ब ८२ करोड रुपैयाँ रहेको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया