लुम्बिनी प्रदेशमा कृषि तथ्याङ्कको अध्यावधिक

 जेठ १६, २०८१ बुधबार १०:१५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लुम्बिनी प्रदेश सरकारले कृषि क्षेत्रका योजना तर्जुमा र बजेट विनियोजनमा व्यवस्थित बनाउन कृषि तथ्याङ्कको अद्यावधिक गरेको छ । सरकारी कार्यालयले सार्वजनिक गरेका फरकफरक तथ्याङ्कबाट योजना तर्जुमा तथा बजेट विनियोजनमा समस्या देखिने गरेकाले लुम्बिनी प्रदेश सरकार कृषि मन्त्रालयअन्तर्गत कृषि निर्देशनालयले प्रदेशको कृषि तथ्याङ्कलाई एकरुपता दिएको हो ।

प्रदेश भित्र रहेका किसान सङ्ख्या, बाली क्षेत्र, उत्पादन र उत्पादकत्व लगायतको तथ्याङ्कमा समानता कायम राख्ने तथा कृषि क्षेत्रमा सञ्चालित कार्यक्रमबाट सकारात्मक परिणाम देखाउने गरी कृषि विकास निर्देशनालयले तथ्याङ्क व्यवस्थापनलाई जोड दिएको र त्यसका लागि गएका पाँच आर्थिक वर्षको तथ्याङ्क सङ्कलन गरी अद्यावधिक गरिएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल राष्ट्र बैंक, मातहतका कार्यालयको समन्वयमा प्रकाशन हुने सबै तथ्याङ्कलाई एकरुपता दिएको कृषि विकास निर्देशनालयका कृषि अर्थ विज्ञ डिल्लीराज पौडेलले बताउनुभयो ।

व्यवस्थापन गरिएको तथ्याङ्कलाई अब सम्बन्धित जिल्लाको पालिका तहसम्म पुर्‍याउने, सङ्घ, प्रदेश र पालिकाबाट कृषि तथ्याङ्क अद्यावधिकलाई एकरुपता ल्याउने तथा आउँदो वर्षदेखि पालिका, जिल्ला हुँदै प्रदेशमा वर्षको तीनपटक तथ्याङ्कको प्रमाणीकरण गरी सङ्घमा पठाउने व्यवस्था मिलाउने कृषि विकास निर्देशनालयका वरिष्ठ कृषि अर्थ विज्ञ हरि पण्डितले बताउनुभयो ।

लुम्बिनी प्रदेशको कूल २२ लाख २८ हजार आठ सय हेक्टर क्षेत्रफलमध्ये छ लाख ८० हजार १५ हेक्टर खेतीयोग्य जमिन छ । त्यसमा पाँच लाख ३५ हजार तीन सय ५१ हेक्टरमा मात्र खेती गरिएको छ । खेती गरिएको कूल क्षेत्रफलको तुलनामा सिञ्चित क्षेत्रफल ४५ प्रतिशत छ ।

खाद्यान्न, नगदे, तेलहन, दलहन, मसला, तरकारी, फलफूल गरी एक सय १० बालीलाई निर्देशनालयले प्रदेशमा खेती हुने बाली र त्यसलाई तथ्याङ्क समावेश गरेको कषि विकास निर्देशनालयका प्रमुख राम पाण्डेले बताउनुभयो ।   

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया