धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
कास्की – सूचना प्रविधिको प्रयोगका कारण कास्कीको यातायात व्यवस्था कार्यालयका सेवा छिटो छरितो भएको छ । पहिले चार वटा लाइनमा बसेर घण्टाैँ समय लगाएपछि मात्रै ब्लुबुक नवीकरण हुनेमा अहिले १५ मिनेटमा सबै काम हुन थालेपछि सेवाग्राही खुशी छन् ।
बोझिलो र झन्झटिलो सेवा प्रवाहबाट वाक्क भएका सेवाग्राहीको अहिले दुःख र समय कम भएको छ । राज्यले दिने सार्वजनिक सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउँदा कति फरक पर्छ भन्ने एउटा उदाहरण कास्कीको यातायात व्यवस्था कार्यालय पनि बनेको छ ।
कार्यालयबाट मोटरसाइकल नामसरी र नवीकरणको काम २० मिनेटमा सकेर घर फर्किएको म्याग्दीको बेनी नगरपालिका–२ का नारायण थापाले बताउनुभयो । कर तिर्न बैंक जानुपर्ने, भौचर ल्याएर कार्यालयमा बुझाउनुपर्ने झन्झट पनि हटेको छ ।
कार्यालय प्रमुख डिल्लीराम रिज्यालका अनुसार कार्यालयमा दैनिक सरदर सात सय जनाले सेवा लिने गर्छन् । सफ्टवेयर प्रणालीबाट करको हिसाब हुन्छ, २०६० सालयताका सबै करका दरलाई सफ्टवेयरमा राखिएको छ ।
कार्यालयमा रहेका गाडीका सबै ढड्डा र फाइललाई विद्युतीय अभिलेखीकरण गरिएको छ । फाइल तथा ढड्डा नभेटिए पनि डिजिटल कपीबाट सेवाग्राहीलाई सिवा दिँदै आएको कार्यालय प्रमुख डिल्लीराम रिज्यालले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।