साेरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 जेठ १८, २०८१ शुक्रबार १५:७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य, वडाध्यक्ष राजेन्द्र बुमीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले मल्ल, आचार्य, बुमीसहित गाउँपालिकाका असिस्टेन्ट सब–इन्जिनियर विक्रम बुढा, सडक निर्माण श्रम समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी, सचिव केवल बुढा र गाउँपालिकाका कार्यपालिका सदस्य एवम् अनुगमन समिति संयोजक दलवीर कार्कीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूले सोरु गाउँपालिका–७ मा दाक्च–ख्याल्च सडक निर्माण आयोजनामा भएको भन्दा बढी काम देखाएर अनियमितता गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

सडक निर्माण आयोजनाअन्तर्गत एक सय १८ दशमलव ९८ घनमिटर पर्खाल गाउने काम भएकोमा उनीहरूले प्रतिवेदनमा तीन सय ४८ दशमलव ४३ घनमिटर पर्खाल लगाएको भनी १३ लाख ७२ हजार तीन सय ४० रुपैयाँ ४५ पैसा बढी भुक्तानी दिएको विज्ञप्तिमा उल्लेख छ । अख्तियारले उनीहरूविरुद्ध बढी भुक्तानी भएको रकम बराबर बिगो मागदाबी गरेको छ ।

विज्ञप्ति

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया