ब्राजिलका चर्चित फुटबलर रोबर्टाे कार्लाेस आज काठमाण्डौ आउने

 वैशाख ९, २०८२ मंगलबार ६:१९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ब्राजिलका चर्चित फुटबलर रोबर्टाे कार्लाेस नेपाल आउँदैछन् । यसअघि उनी गएको शुक्रवार नेपाल आउने तय भएकोमा बिरामी भएका कारण स्थगित भएको थियो ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा चलिरहेको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा उनी अतिथिका रूपमा नेपाल आउन लागेका हुन् । उनले भोलि हुने दोस्रो क्वालिफायर रङ्गशालामा पुगेर हेर्ने एनएसएलले जनाएको छ ।

दोस्रो क्वालिफायरमा भोलि फाइनल प्रवेशको लागि पोखरा थन्डर्स र धनगढी एफसी खेल्दैछन् । ललितपुर सिटी यसअघि फाइनलमा पुगिसकेको छ । फाइनल खेल आउँदो शनिवार हुनेछ । रोबर्टाे कार्लाेसले आजै ठमेलको एलओडी क्लबमा पनि विशेष उपस्थिति जनाउने छन् ।

सन् २००२ मा ब्राजिलले विश्व कप जित्दा कार्लाेस प्रमुख खेलाडी थिए । कार्लाेसले १ सय २५ अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका छन् । यस्तै उनले क्लबबाट ७ सय ५६ खेलमा ९७ गोल गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया