राप्ती राजमार्गकाे राम्री–कपुरकोट सडक खण्ड ७ दिन दिउँसाेकाे स...
बैशाख ७, २०८२ आइतबार
महिला एकदिवसीय विश्वकपका लागि पाकिस्तानी टोली भारत नजाने भएको छ । यही वर्षको अन्त्यमा हुने महिला एकदिवसीय विश्वकपका लागि पाकिस्तानी टोली भारत नजाने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकवीले बताउनुभयो ।
यस वर्ष ‘हाइब्रिड मोडेल’ अपनाइएपछि पाकिस्तानका खेलहरू तटस्थ मैदानमा आयोजना गरिनेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र आयोजक भारतले तटस्थ मैदान छनोट गर्ने पीसीबीका अध्यक्ष नकवीले जानकारी दिनुभयो ।
जसरी भारतले पाकिस्तानमा च्याम्पियन्स ट्रफी खेलेन र तटस्थ मैदानमा खेल्न अनुमति पायो, त्यसरी नै पाकिस्तानले पनि तटस्थ मैदानमा खेल्ने उहाँको भनाइ छ । एकपटक सम्झौता भएपछि त्यसको पालना गर्नुपर्ने पीसीबीका अध्यक्ष नकवीले बताउनुभयो ।
हाइब्रिड मोडेल अनुसार सन् २०२७ सम्म भारत वा पाकिस्तानमा आयोजना हुने आईसीसी प्रतियोगितामा दुवै टोलीले एकअर्काको देशमा खेल्नुको सट्टा तटस्थ ठाउँमा खेल्नेछन् ।
यस वर्ष महिला एकदिवसीय विश्वकप सेप्टेम्बर २९ देखि अक्टोबर २६ सम्म आयोजना हुँदैछ । छनोटका ५ वटै खेल जित्दै पाकिस्तान महिला एकदिवसीय विश्वकपमा छनोट भएको हो । यस विश्वकपमा पाकिस्तान र आयोजक भारतसहित पूर्वविजेता अस्ट्रेलिया, दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड, न्युजिल्यान्ड र श्रीलङ्का सहभागी हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।