बाँकेको नेपालगञ्जका विद्यालयमा गर्मी बिदा थप

 जेठ १९, २०८१ शनिबार १२:८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा थप गरेको छ । उपमहानगरपालिकाले आउँदो असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा बढाएको हो ।

अत्यधिक गर्मी र तातो हावाको लहर अर्थात् ‘लू’ ले पठनपाठनमा समस्या भएपछि यसअघि गएको मङ्गलवारदेखि हिजोसम्म बिदा दिइएको थियो । भोलिदेखि असार ७ गतेसम्मका लागि बिदा थप भएको नगरपालिकाको नगर शिक्षा अधिकारी एवम् उपसचिव गोर्खबहादुर थापाले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाको क्यालेन्डरमा भने यसवर्ष जेठ २७ देखि असार १४ गतेसम्म गर्मी बिदा दिने उल्लेख थियो । यसमा हेरफेर गरि विद्यालय बन्द गरिएको छ । अब असार ९ गतेदेखि पठनपाठन नियमित हुने सूचनामा उल्लेख छ ।

केही दिनदेखि नेपालगञ्जको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ । त्यहाँ बिहीवार उच्च तापक्रम ४४ दशमलव २ डिग्री सेल्सियस मापन भएको थियो । गर्मीका कारण नेपालगञ्जसहित पश्चिम तराईका धेरैजसो जिल्लाको जनजीवन कष्टकर बनेको छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया