बैतडीकाे दोगडाकेदार गाउँपालिका 'पूर्ण संस्थागत सुत्केरी' घोषणा हुँदै

 जेठ १९, २०८१ शनिबार १५:३१:३६ | रासस
unn.prixa.net

बैतडी – दोगडाकेदार गाउँपालिकाले छ वटा वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरेकोे छ । गाउँपालिकालाई नै आगामी आर्थिक वर्षभित्रै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने लक्ष्य राखेको थियो । वडा नम्बर १ रिम र वडा नम्बर २ कमलपुरबाहेकका सबै वडा पूर्ण संस्थागत सुत्केरी घोषणा गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिनुभयोे ।

गाउँपालिकाले बनाएको कार्यविधिअनुसार वडाभित्र रहेका ९८ प्रतिशत गर्भवती स्वास्थ्य संस्थामै सुत्केरी भएको, नियमितरूपमा चार पटक गर्भ जाँच गराएको, सरकारको मापदण्डअनुसार ९० प्रतिशतले गर्भवती टिडी खोप लगाएको, आइरन चक्की, जुका औषधि खाएको, पौष्टिक आहारका लागि परामर्श गरेको, एचआइभी जाँच गरेकोलगायत मापदण्डअनुसार पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेकाले यो क्षेत्रमा बजेटको पनि विशेष व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले बताउनुभयो । आमा र बच्चाको स्वास्थ्यका लागि गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो । ‘गाउँपालिकाको समग्र विकासका साथै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको छ,’ दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले भन्नुभयो ।  

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया