चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
मुगु – मुगुमा यस वर्ष यार्सागुम्बा सङ्कलन गर्न गएका चारजनाको ज्यान गएको छ । उनीहरुको लेक लागेर ज्यान गएको हो । हिजो छायानाथ रारा नगरपालिका वडा नम्बर १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा, कम्फा गाउँका शोभान बुढा, छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका २० वर्षका देवराज बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
एक जनाको केही दिन अघि ज्यान गएको थियो । यस्तै एक जना सिकिस्त बिरामी परेका छन् । मुगुमा गएको वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर ज्यान गएको थियो । मुगुका २४ भन्दा बढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गएको वैशाख २५ गते प्रवेश खुला गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।