ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीकाे निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश

 जेठ २०, २०८१ आइतबार १७:१७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकका रूपमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

कुनै ऐन, कानुनमा नभएको विषयलाई गृहमन्त्रीले मौखिक रूपमा आदेश दिँदै मानिसलाई सडकमा खटाएको भन्दै सर्वोच्चमा कृष्ण विकलगायतले रिट दिनुभएको थियो । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कारण देखाऊसहित निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

यसअघि जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको बेला महिला ट्राफिक प्रहरीले चार दिन सडकमा ड्युटी गर्नु नपर्ने व्यवस्था मिलाएको बताउनुभएकाे थियाे ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया