भारतमा ग्यास विस्फोट हुँदा ज्यान गुमाउने नेपालीको सङ्ख्या ५ पुग्यो

 जेठ २२, २०८१ मंगलबार ८:५९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – भारतको कर्नाटक राज्यको बेंग्लुरुमा रहेको एहलंकामा खाना पकाउने ग्यास लिक हुँदा भएको घटनामा ज्यान गुमाउने नेपालीको सङ्ख्या ५ जना पुगेको छ । घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका–११ सुइलका एकै परिवारका पाँच जना जलेर घाइते भएका थिए ।

घाइतेमध्ये ३२ वर्षीय मदन बोहोराको अस्ति आइतवार राति र उहाँकी छोरी ११ वर्षीया निताको हिजो बिहान ज्यान गएको हो । त्यसअघि उहाँकी श्रीमती ३० वर्षीया प्रेमजलाको शनिवार बेलुका ज्यान गएको थियो । मदनका आठ वर्षीया छोरी अनिता र साढे चार वर्षीय छोरा प्रशान्तको घटना भएकै दिन अघिल्लो बुधवार ज्यान गएको थियो ।

घटनापछि सबैको स्थानीय भिक्टोरिया अस्पतालमा उपचार भइरहेको थियो । गएको बुधवार राति सबै परिवार कोठामै रहेका बेला खाना पकाउने क्रममा ग्याँस विस्फोट भएको थियो । मदनको परिवार ६ वर्षदेखि भारतमा बस्दै आएको थियो । मदन बेंग्लुरुको एउटा अपार्टमेन्टमा चौकीदारको काम र उहाँकी श्रीमतीले स्थानीयको घरमा सरसफाईको काम गर्दै छोराछोरीलाई स्थानीय विद्यालयमा पढाउँदै आएका थिए ।

भारतका लागि नेपाली राजदूत शंकर शर्माले घटनाबारे राजदूतावासले स्थानीय प्रहरीसँग समन्वय गरेको र नेपालमा परिवारका सदस्यलाई खबर पठाइएको जानकारी दिनुभएको छ । परिवार सम्पर्कमा आएपछि क्षतिपूर्तिको सन्दर्भमा दूतावासले पहल गर्ने उहाँले बताउनुभयो । मृतकको शव व्यवस्थापनमा बेंग्लुरुमा रहेको  नेपाली समुदाय र राजदूतावास मिलेर काम थालेका पनि उहाँको भनाई छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया