धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
चितवन – चितवनमा बजार अनुगमनबाट खाद्य स्वच्छतामा केही सुधार देखिएको सम्बन्धित निकायले दाबी गरेको छ । निरन्तरको बजार अनुगमनका कारण पछिल्ला समयमा खाद्य स्वच्छतामा सुधार आएको खाद्य प्रविधि तथा डिभिजन कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रमुख सौरभ श्रेष्ठका अनुसार कार्यालयले चालू आर्थिक वर्षमा खाद्य बजार अनुगमन ८० पटक, दाना बजार अनुगमन २० पटक, होटल रेष्टुराँ ४३ पटक, खाद्य उद्योग ८२ पटक अनुगमन गरेको थियो । यस्तै दाना उद्योग १६, हाटबजार मेला तथा महोत्सव अनुगमन सात, संवेदनशील खाद्य पदार्थका उद्योग १० पटक अनुगमन गरेको छ । उहाँका अनुसार स्थानीय सरकारसँगको समन्वयमा पटक पटक संयुक्त बजार अनुगमन गरिएका कारण खाद्य स्वच्छतामा सुधार आउन थालेको हो ।
विश्व खाद्य स्वच्छता दिवसको सन्दर्भमा कार्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागेको छ । कार्यालयले सप्ताहाव्यापी रूपमा सचेतना जगाउने कार्यक्रम गर्दैछ । जसअन्तर्गत सात वटै पालिकामा सचेतनामूलक ब्यानर टाँस्ने, फलफूल पकाउन प्रयोग हुने रसायनसम्बन्धी अनुगमन, उद्योग अनुगमन, सेवाग्राहीसँग अन्तरक्रिया कार्यक्रम गर्न लागिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।