केही ठाउँमा हावाहुरी र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

 जेठ २५, २०८१ शुक्रबार ७:२१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाण्डौ उपत्यकामा पनि दिउँसो हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै मधेस प्रदेशका एक, दुई ठाउँमा हावाहुरीको सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । नेपालमा अहिले स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

यसवर्ष मनसुन चाँडो भित्रिने अनुमान गरिए पनि अहिलेसम्म मनसुनको सङ्केत नदेखिएको मौसमविद पुडासैनीले बताउनुभयो ।

नेपालमा सामान्यतया जुन १३ अर्थात जेठको अन्तिममा मनसुन भित्रिने गर्छ । यसवर्ष यही मितिकै आसपासमा मनसुन भित्रिने मौसमविदको अनुमान छ ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया