सुरक्षण मुद्रणसँग सम्बन्धित सामग्रीको छपाइ स्वदेशमै गर्न कानुनी बाटाे खुला

 जेठ २५, २०८१ शुक्रबार ७:२९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुरक्षण मुद्रणसम्बन्धी विधेयक सङ्घीय संसदबाट पारित भएको छ । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेको यो विधेयक हिजो प्रतिनिधि सभाबाट समेत बहुमतका आधारमा पारित भएको हो । योसँगै सुरक्षण मुद्रणसँग सम्बन्धित सामग्रीको छपाइ स्वदेशमै गर्न कानुनी बाटो खुलेको छ ।

विधेयकमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र, राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमति पत्रलाई नेपाल सरकारले नै मुद्रण गर्ने प्रावधान राखिएको छ । जग्गाधनी दर्ता प्रमाण पुर्जा वा डिजिटल नक्सा समेत सुरक्षण मुद्रण सामग्रीको परिभाषामा समेटिएको छ ।

कानुनी रूपमा आधार तयार भएसँगै सरकारले यी सामग्रीको उत्पादन नेपालमै गर्ने योजना अगाडि बढाउने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो । हिजो प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री शर्माले यस्तो जानकारी दिनुभएको हो ।

सरकारले चाहेमा सरकारको अधिकांश शेयर वा स्वामित्व भएको निकाय वा संस्थामार्फत पनि मुद्रण गर्न सकिने प्रावधान विधेयकमा छ ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया