नापी कार्यालय कपिलवस्तुका सर्वेक्षक गुप्ता घुससहित पक्राउ

 जेठ २५, २०८१ शुक्रबार १८:२०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नापी कार्यालय कपिलवस्तुका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुस रकमसहित पक्राउ परेका छन् । जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सर्वेक्षक गुप्ताले घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

गुप्तालाई ३५ हजार रुपैयाँ घुस र स्रोत नखुलेको ५० हजार रुपैयाँसहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । अख्तियारको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई नापी कार्यालय चन्द्रौटा नजिकैबाट पक्राउ गरेको हो ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया