पर्वतमा जेठोबुढो धानको उन्नत बीउ उत्पादन शुरु

 जेठ २६, २०८१ शनिबार १८:२७:८ | रासस
unn.prixa.net

फाइल फाेटाे

पर्वत – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङ एकाइ पर्वतले पाँच ठाउँमा जेठोबुढो धानको बीउ उत्पादन शुरु गरेको छ । एकाइले धान उत्पादनको पकेट क्षेत्रका रूपमा रहेका कुश्मा नगरपालिका–१ पाङ, वडा नं २ खुर्कोट, वडा नं ११ पकुवा, फलेवास नगरपालिका–६ देवीस्थान र बिहादी गाउँपालिका–२ बर्राचौरमा जेठोबुढो जातको उन्नत बीउ उत्पादन गर्न शुरु गरेको हो ।

पछिल्लो समय नेपाली भान्छामा जेठोबुढो चामलको माग अत्यधिक बढ्दै गएको छ । स्वदेशमा मात्र नभई विदेशमा रहेका नेपाली रेष्टुरेण्टमा पनि जेठोबुढो चामलको माग बढी हुन थालेकाले बीउ उत्पादन गर्न थालिएको परियोजना बागलुङका प्रमुख नारायण पौडेलले बताउनुभयो ।

उहाँका अनुसार स्वादिलो, बास्नादार र गुणस्तरको हिसाबले पनि उपयुक्त भएकाले पर्वतमा यसको बिस्तारसँगै बीउ उत्पादन गर्न थालिएको हो । विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा धानखेती हुँदै आए पनि यस वर्ष बीउ उत्पादन गर्न थालिएको परियोजना प्रमुख पौडेलले बताउनुभयो । बीउ उत्पादनका लागि यस वर्ष परियोजनाले पाँच सय ८० किलो मूल बीउ वितरण गरेको छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया