काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
सोलुखुम्बु – हुँगा खोलामा निर्माण गरेको मोटरेवल बेलिब्रिज प्रयोगमा आउनु अगाडि नै बाङ्गिएको छ । महाकुलुङ गाउँपालिका–१ बुङदेखि वडा नम्बर ४ र ५ गुदेल जोड्ने पुल प्रयोगमा आउनु अघि नै बाङ्गिएको गाउँपालिकाका अध्यक्ष सूर्य कुलुङले जानकारी दिनुभयो ।
स्थलगत निरिक्षणका क्रममा पुल बाङ्गिएको पाइएकोले सुधार गर्न निर्माण कम्पनीलाई ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । ३६ मिटर लामो र झन्डै साढे ४ मिटर चौडा पुलको भारवहन क्षमता ४० टन रहेको छ । दुई करोड ५८ लाख रुपैयाँको लागतमा माछापुच्छ्रे कन्ट्र्सन कम्पनीले निर्माण जिम्मा लिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।