काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – दैलेख र अछाम जिल्ला जाेड्ने कर्णाली नदीमाथिकाे झाेलुङ्गे पुलकाे लट्ठा चुँडिदा १३ वटा खच्चर पुलमै फसेका छन् ।
आज बिहान अछामको पञ्चदेवलबाट दैनिक उपभाेग्य सामग्री लिन दैलेखको राकम बजार आउँदै गरेका खच्चर झाेलुङ्गे पुलकाे एकतर्फकाे लट्ठा चुँडिदा पुलमै फसेका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष पाठकले जानकारी दिनुभयो । पुलकाे लट्ठा चुँडिदा अहिले दुई जिल्लाकाे आउजाउ पनि बन्द भएकाे छ ।
अहिले दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरीलगायतकाे टाेलीले खच्चर उद्धार गर्न थालेकाे छ । पुलबाट उद्धार सम्भव नभएपछि तार काटेर खच्चरलाई नदीमा खसाल्न थालिएकाे प्रहरीले जनाएकाे छ ।
याे पुलले अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ र दैलेखको आठबीस नगरपालिका वडा नम्बर ४ लाई जोड्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।