उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – दैलेख र अछाम जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिदा फसेका १३ मध्ये ११ वटा खच्चरको उद्धार भएको छ ।
सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा ११ वटा खच्चरकाे उद्धार भएकाे दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिनुभयो । उद्धारका क्रममा २ वटा खच्चर मरेका छन् । फसेका खच्चरलाई पुलबाटै उद्धार गर्न सम्भव नभएपछि तार काटेर खच्चरलाई नदीमा खसालेर उद्धार गरिएको हो ।
आज बिहान अछामको पञ्चदेवलबाट दैनिक उपभोग्य सामग्री लिन दैलेखको राकम बजार आउँदै गरेका खच्चर झोलुङ्गे पुलको एकतर्फको लट्ठा चुँडिदा पुलमै फसेका थिए । पुलको लट्ठा चुँडिदा दुई जिल्लाको आउजाउ पनि बन्द भएको छ । दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली खच्चरको उद्धारमा खटिएको थियो ।
यो पुलले अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ र दैलेखको आठबीस नगरपालिका वडा नम्बर ४ लाई जोड्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।