विपद् उद्धार अभ्यासका क्रममा सेती नदीमा डुबेर सशस्त्र प्रहरी जवानकाे ज्यान गयाे

 जेठ २८, २०८१ सोमबार १५:१५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बझाङमा प्राकृतिक विपद्का बेला हुने उद्धारको नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवान नरेन्द्रसिंह धामीको ज्यान गएको छ ।

आज बिहान सेती नदीमा प्राकृतिक विपद् उद्धारसम्बन्धी नमुना अभ्यास गर्ने क्रममा डुबेर बेहोस भएका धामीको अस्पताल पुर्‍याउनासाथ ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

केदास्यु गाउँपालिका–७ का २९ वर्षीय धामी सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत हुनुहुन्थ्यो । सशस्त्र प्रहरी निरीक्षक जगन्नाथ जोशीको कमान्डमा ३५ जनाको टोलीले सेती नदीमा उद्धार अभ्यास गरिरहेको थियो । त्यही क्रममा पानीको भङ्गालोमा परेर धामी बेहोस भएका सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया