नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 जेठ २८, २०८१ सोमबार १८:११:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभाकुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृतसहित गाउँपालिकाको योजना शाखाका तत्कालीन प्रमुख रमेशकुमार निधि, जिन्सी प्रमुख सञ्जयप्रसाद यादव, लेखापाल सोमप्रसाद आचार्य, इन्जिनियर कृष्णा साह, सब–इन्जिनियर सन्तोषकुमार यादव, वडा नम्बर ४ का अध्यक्ष मदन यादव, वडा नम्बर ५ का अध्यक्ष मनोजकुमार यादव र वडा नम्बर २ का अध्यक्ष खुशीलाल साह, उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल, सचिव रामभरोस मुखिया साहविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूले नवराजपुर गाउँपालिका–२ मझौरामा मधेश सरकारको सांसद अनुदानबाट राम जानकी दलित आधारभूत विद्यालयमा अधुरो काम पूरा गर्नका लागि दिएको रकमको योजनामा कुनै पनि काम नगरि हिनामिना गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । उनीहरूले काम नै नगरि १४ लाख ५१ हजार ५ सय ५१ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, योजना शाखा प्रमुख, जिन्सी प्रमुख, वडा नम्बर ४, वडा नम्बर ४ र वडा नम्बर २ का अध्यक्षबाहेकलाई भुक्तानी भएको रकम बराबर बिगो मागदाबी गरेको छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया