डेङ्गीको सङ्क्रमण ७१ जिल्लामा फैलियो : एक हजार जना भन्दा धेरै सङ्क्रमित

 असार १, २०८१ शनिबार ९:१६:४७ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – डेङ्गीको सङ्क्रमण देशका ७१ वटा जिल्लामा फैलिएको छ । गएको जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गी अहिले ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालकाअनुसार उच्च गर्मीसँगै डेङ्गी सङ्क्रमण बढेको हो ।

यो बेला धेरैजसोले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गीको जोखिम बढेको उहाँको भनाई छ । सङ्कलन गरिएको सफा पानीमा लामखुट्टेले फुल पर्छ । देशका ७१ जिल्लामा एक हजार एक सय ३० जनामा सङ्क्रमण देखिएको छ ।

कोशी प्रदेशमा दुई सय ७२, मधेस प्रदेशमा ३०, बाग्मती प्रदेशमा तीन सय ९०, गण्डकी प्रदेशमा एक सय ७५, लुम्बिनी प्रदेशमा एक सय ३२, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा एक सय १५ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ ।

काठमाण्डौ उपत्यकाभित्र काठमाण्डौमा एक सय १४ जना, भक्तपुरमा २७ जना र ललितपुरमा १८ जनामा सङ्क्रमण देखिएको छ । डेङ्गी पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्छ । ती फुलबाट लार्भा निस्कने र त्यही लार्भा बयस्क भएर मानिसलाई टोकेपछि डेङ्गी लाग्छ ।

डेङ्गीको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने जस्ता लक्षण देखिन्छन् । लामखुट्टेबाट बच्नका लागि झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, घर वरपर सफा राख्न, टायर र भाँडामा पानी लामो समय जम्न नदिन पनि डाक्टरको सुझाव छ ।

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया