ललितपुरको जावलाखेलमा बेहोस अवस्थामा भेटिएका दम्पतीको ज्यान गयो

 असार १, २०८१ शनिबार ११:२६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – ललितपुरको जावलाखेलमा बेहोस अवस्थामा भेटिएका एक दम्पतीको ज्यान गएको छ । सिन्धुपाल्चोक घर भएका दम्पती जावलाखेलको अल्का अस्पताल पछाडि डेरा गरी बस्दै आएका थिए ।

बेहोस अवस्थामा भेटिएका २५ वर्षी उमेश सेन्चुरी र २५ वर्षकै उहाँकी श्रीमती रेणु सेन्चुरीको उपचारको क्रममा पाटन अस्पतालमा गएराति ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) एवम् प्रवक्ता नरेश सुवेदीले जानकारी दिनुभयो । सेन्चुरी दम्पतीको घर सिन्धुपाल्चोक भए पनि ठेगाना खुल्न सकेको छैन ।

गएराति ८ बजेतिर अर्धबेहोस अवस्थामा प्रहरीले फेला परी दुवै जनालाई उपचारको लागि पाटन अस्पताल लगिएको उहाँको भनाई छ । शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । ११ वर्ष अघि बिहे गरेका उमेश र रेणुबीच पछिल्लो समय सम्बन्ध सुमधुर नदेखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाई छ ।

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया