उत्कृष्ट खेल्दाखेल्दै हार्‍याैँ, भविष्यमा राम्रो गर्नेछौँ : कप्तान रोहित पौडेल

 असार १, २०८१ शनिबार १३:४१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले दक्षिण अफ्रिकासँग नेपालले उत्कृष्ट खेल्दाखेल्दै हारेको बताएका छन् । दक्षिण अफ्रिकासँग एक रनले हारेपछि भएको पत्रकार सम्मेलनमा रोहितले नेपाली टोलीले बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गरेकोमा आफूलाई गर्व लागेको पनि बताएका छन् ।

‘हामी जितको धेरै नजिक थियौँ, केही टाढा पनि थियौँ । तर कोशिस गर्दागर्दै अन्तिममा पराजित हुन पुग्यौँ,’ रोहितले भने । आउँदा खेलमा नेपालले थप राम्रो प्रदर्शन गर्ने रोहितको भनाई छ ।

मैदानको पीचले स्पिनरलाई सफलता दिलाउने देखेर कुशल भुर्तेललाई चार ओभर बलिङ गराएको र यो रणनीति सफल भएको रोहितको भनाइ छ । 

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया