नेपालले साँच्चै गाह्रो बनाएको थियो, उनीहरुको भविष्य उज्वल छ : मार्करम

 असार १, २०८१ शनिबार १३:५५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – दक्षिण अफ्रिका क्रिकेटका कम्तान एडियन मार्करमले नेपालको प्रदर्शनले दक्षिण अफ्रिका गाह्रो अवस्थामा पुगेको बताएका छन् । नेपाललाई एक रनले हराएपछिको पत्रकार सम्मेलमा बोल्दै उनले केही कुरा योजनाभन्दा बाहिर गएकाले आजको खेल निकै गाह्रो र रमाइलो भएको बताए ।

‘नेपाली टोलीको खेल साँच्चिकै राम्रो थियो । बलिङ र  ब्याटिङ दुबै माध्यमबाट उनीहरुले हामीलाई दबाबमा राखेका थिए । आजको खेलमा उनीहरुले आफ्नो क्षमता देखाइदिएका छन् । नेपालले हामीलाई साँच्चै गाह्रो बनायो ।’ उनले भने । 

नेपालबाट आफूहरुले धेरै कुरा सिकेको उनको भनाइ छ । ‘उनीहरुको आत्मविश्वास निकै बढेको छ, भविष्यमा धेरै राम्रो गर्न सक्छन्,’ मार्करमले भने । अन्तिम दुई ओभरमा नेपाललाई जीतको लागि १६ रन चाहिएको र यो बीचमा धेरै रमाइला र डराउनुपर्ने क्षण आएका उनको भनाई छ । ‘म मेरा बलरहरुसँग विश्वस्त थिएँ, त्यही विश्वासले हामीले खेल जित्यौँ । कहिलेकाहीँ यस्ता जीतले धेरै नै महत्वपूर्ण उपलब्धी दिएको जस्तो महसुस हुन्छ ।’ उनले भने ।

नेपाली समर्थकले विश्वका जुनसुकै ठाउँमा गएर पनि आफ्नो देशप्रति देखाएको सद्भाव निकै महत्वपूर्ण भएको मार्करमले बताए । ‘नेपाली टोली र हामी बसेको होटल पनि एउटै हो । नेपाली खेलाडी धेरै नै मैत्रीपूर्ण, अनुशासित र उर्जावान छन् । मैले नेपाली क्रिकेटबारे धेरै बुझेको त छैन, तर उनीहरुको भविष्य निकै उज्वल छ ।’ दक्षिण अफ्रिकाका कप्तान मार्करमले भने ।

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया