बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बजेट अभाव

 असार १, २०८१ शनिबार १७:५६:२५ | रासस
unn.prixa.net

चितवन – बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बजेट अभाव हुँदा अस्पताल सञ्चालनमा समस्या भएको छ । अस्पतालका कार्यकारी निर्देशक डाक्टर शिवजी पौडेलका अनुसार एक सय शय्याबाट चार सय ५० शय्यामा स्तरोन्नति हुनु र सरकारको नीतिअनुसार अस्पतालमा भर्ना भएका सबै बिरामीलाई खाना र शय्या निःशुल्क गर्दा विनियोजित बजेट अपुग भएको बताउनुभयो ।

कार्यकारी निर्देशक डाक्टर पौडेलले अहिले देशमा क्यान्सर विषयमा मात्र अध्ययन/अध्यापन गर्ने गराउने 'सुपर स्पेसियालिटी' प्रतिष्ठानसमेत नभएको उल्लेख गर्दै अस्पताल सञ्चालक समितिबाट प्रतिष्ठानसम्बन्धी प्रस्ताव पास भई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेस गरेको बताउनुभयो ।

राष्ट्रिय चिकित्सा आयोगबाट 'सुपर स्पेसियालिटी' अध्यापनका लागि अनुमति लिई तीनवटा विधामा सञ्चालन भएको र अहिले क्यान्सरका विभिन्न सात विधामा 'फेलोसिप' कार्यक्रमअन्तर्गत १३ जनाले अध्ययन गरिरहेको पौडेलले जानकारी दिनुभयो । उहाँले मन्त्रालयले 'सुपर स्पेसियालिटी' प्रतिष्ठान घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने बताउनुभयो ।

विपन्न नागरिक आर्थिक सहायता कोषबाट क्यान्सर रोग उपचारतर्फ उपलब्ध गराएको रकम न्यून भएको भन्दै डाक्टर पौडेलले क्यान्सरको उपचार पद्धति धेरै महँगो हुने र लामो समयसम्म उपचार गराउनुपर्ने हुँदा सहायता रकम वृद्धि गरी प्रति बिरामी कम्तीमा पाँँच लाख रुपैयाँसम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

रकम वृद्धि गर्नका लागि सम्बन्धित निकायमा अनुरोध गरेकाे र अस्पतालको पहलमा वाग्मती प्रदेश सरकारले ५० हजार रुपैयाँ दिने व्यवस्था भएको, लुम्बिनी प्रदेश सरकारले दुई लाख रुपैयाँ दिने सम्झौता गरेको, गण्डकी प्रदेश सरकारसँग एक लाख रुपैयाँ सम्झौता भएको र अन्य प्रदेशसँग पनि छलफलको क्रम रहेको छ । 

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया