नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : मेयर शाह

 असार २, २०८१ आइतबार ११:५१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको नगरसभा बैठक असार १० गतेसम्मका लागि स्थगित भएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि गएको जेठ ३२ गते प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बोलाइएको नगरसभा बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिले बहिस्कार गरेपछि बैठक स्थगित भएको हो ।

मेयर बालेन शाहले वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिनुभएको थियो । तर एमाले र कांग्रेसका जनप्रतिनिधिले बैठक बहिस्कार गरेपछि स्थगित भएको हो ।

मेयर शाहले नगरसभा स्थगित भएपछि केही जनप्रतिनिधिका कारण एक सय ६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको टिप्पणी गर्नुभएको छ । उहाँले महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने र जे हुन्छ, त्यो हरेक नागरिकले जान्न र देख्न सक्ने गरी हुने बताउनुभयो ।

मेयर शाहले महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन पनि जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया