एनसेलकाे ‘मेराे नम्बर, मेराे च्वाइस’ याेजना

 असार ४, २०८१ मंगलबार १८:४५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तपाईँलाई मनपर्ने कुनै नम्बर तपाईँको आफ्नै मोबाइल नम्बर बने के होला ? एक विशेष नम्बर जसले तपाईँलाई दूरसञ्चार सेवामा पहुँचमात्र दिँदैन बरु तपाईँको जीवनको कुनै महत्त्वपूर्ण दिन वा मिठो सम्झनाको प्रतिविम्ब पनि बन्छ । ग्राहककाे यही इच्छालाई परिपूर्ति गर्न एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालनमा ल्याएको छ ।

अब ग्राहकले आफूलाई मनपर्ने अन्तिमको ६ वटा अङ्क रोजेर आफ्नो मोबाइल नम्बर आफैँ बनाउन सक्ने एनसेलले जनाएकाे छ । चाहे जन्मदिन होस्, आफ्नो सहयात्रीलाई पहिलो पटक भेटेको दिन होस्, गाडीकाे नम्बर होस् वा अन्य कुनै महत्त्वपूर्ण मिति वा नम्बर, अब त्यसलाई सधैँका लागि आफ्नै मोबाइल नम्बरमा परिणत गरि सधैँ अन रहन सक्नुहुन्छ ।

आफ्नो सम्बन्धलाई अझै प्रगाढ बनाउँदै ग्राहकले आफ्ना प्रियजनलाई पनि त्यस्ता विशेष नम्बर उपहार दिन सक्नेछन् । यो योजनाको मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट शुरु हुन्छ । विशेष सधैँ अन नम्बर प्राप्त गर्न चाहने ग्राहकले अन्तिम ६ अङ्क आफैँ रोजेर आफ्नो विशिष्ट मोबाइल नम्बर बनाउन सक्ने एनसेलले जनाएकाे छ ।

ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरी आफूले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अङ्क उपलब्ध भए/नभएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ गर्न सक्नेछन् ।

अहिले प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अङ्क मिल्ने गरी नयाँ मोबाइल नम्बर लिन सकिने सुविधा यो योजनाको प्रमुख विशेषता रहेकाे एनसेलले जनाएकाे छ ।

‘मोबाइल नम्बर हाम्रो पहिचान बनि सकेको छ’, एनसेलका चिफ कमर्शियल अफिसर उमेर मोहसिनले भन्नुभयाे, ‘आफूलाई जीवरभर यादगार रहने नम्बरका आधारमा आफ्नै मोबाइल नम्बर रोज्न सकिने यो विशेष योजना सञ्चालनमा ल्याउन पाउँदा हामी एकदमै खुशी छौँ । ग्राहकले आफूलाई मात्र नभई आफ्नो नम्बरसँग मिल्ने गरी परिवारजन र साथीभाइलाई पनि यस्तो नम्बर रोजिदिन सक्छन् । यो एक सेवा मात्र नभई सम्बन्धहरूलाई थप प्रगाढ बनाउने माध्यम पनि हो ।’

यस योजनाअन्तर्गत ९७०५ रेन्जबाट मोबाइल नम्बर छनोट गर्नका लागि ९ लाख बढी मोबाइल नम्बर उपलब्ध रहेका छन् । एनसेलले फस्ट कम, फस्ट सर्भ बेसिसमा उपलब्ध नम्बरहरू वितरण गर्नेछ । यो सिम एनसेलले अहिले सञ्चालन गरिरहेको ‘सधैँ अन’ प्लान अन्तर्गत ५ सय ९९ रुपैयाँदेखि १ हजार ४ सय ९९ रुपैयाँसम्मको प्लानमा बन्डल सेवाका रूपमा उपलब्ध गराउने छ ।

सधैँ अन योजनाका प्लानअन्तर्गत ग्राहकले भ्वाइस, डेटा, निःशुल्क सामाजिक सञ्जाल डेटा र एसएमएस सेवा पाउँछन् । *१२३# डायल गरेर ‘सधैँ अन’ प्लान शुरु गर्न सकिन्छ ।

बुकिङ गरिएको सिम ग्राहकले देशभर फैलिएका एनसेलका ३२ वटा एनसेल सेन्टरमध्ये कुनै पनि सेन्टरमा गई लिन सक्नेछन् । काठमाण्डाै उपत्यकाको हकमा उपाय कार्गो सेवामार्फत होम डेलिभरी गराएर पनि यो सिम लिन सकिन्छ । बुकिङ गराएको नम्बर ७ दिनभित्र नलिएको खण्डमा त्याे नम्बर बुकिङको सूचीबाट स्वतः हट्ने र त्याे नम्बर अरू कसैले लिन सक्ने एनसेलले जनाएकाे छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया