झापामा बाढी र डुवानले १८ घर जोखिममा, आठ परिवारलाई सुरक्षित ठाउँमा सारियो

 असार ५, २०८१ बुधबार ८:५४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – बाढी र डुवानका कारण झापाका विभिन्न ठाउँमा गरी १८ घर परिवार प्रभावित भएका छन् । प्रभावितमध्ये आठ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । अस्ति सोमवार रातिदेखि परेको पानीले कचनकवल–५ खुट्टागञ्जका चार घर परिवार प्रभावित भएका प्रहरीले जनाएको छ ।

कुञ्जी राजवंशीको तीन जनाको परिवार पूर्णरुपमा विस्थापित भएका छन् । उनीहरु स्थानीय प्रभा राजवंशीको घरमा आश्रय लिएर बसेका छन् । स्थानीय देवी राजवंशी, कार्तिक राजवंशी र सञ्जय राजवंशीको परिवार डुबानका कारण जोखिममा परेका छन् ।

त्यसैगरी झापा गाउँपालिका–६ युवा टोलका चार परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । अर्जुनधारा–२ लाप्चेटारमा पुष्पा समाल मगरको घरमा क्षति पुगेको छ । उनीहरुलाई पनि सुरक्षित ठाउँमा सारिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।

अर्जुनधाराको वडा–२ को रातेमा मदन भण्डारी राजमार्ग उत्तरतर्फका १० घर डुबानमा परेका छन् । त्यस्तै वडा–३ मा सुखानी खोलाको कजवेमा क्षति पुगेपछि आवागमन बन्द भएको ढकालले जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया