एडीबीले मेलम्ची खानेपानी आयोजनाका लागि साढे दुई अर्ब रुपैयाँभन्दा धेरै अनुदान दिने

 असार ५, २०८१ बुधबार १५:३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एशियाली विकास बैंक (एडीबी)ले मेलम्ची खानेपानी आयोजनालाई साढे दुई अर्ब रुपैयाँभन्दा धेरै अनुदान दिने भएको छ । सञ्चालनमा नआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडवर्क्समा ठूलो क्षति पुर्‍याएकाले हेडवर्क्स निर्माणका लागि एडीबीले एक करोड ९७ लाख ५० हजार अमेरिकी डलर अर्थात् दुई अर्ब ६३ करोड रुपैयाँभन्दा धेरै अनुदान दिने भएको हो ।

बाढीले बगाएर ल्याएको गेग्रान र ढुङ्गाले हेडवर्क्सको सम्पूर्ण संरचना पुरिदिएपछि झन्डै एक किलोमिटर माथि हेडवर्क्स बनाउने तयारी भइरहेको बेला एडीबीले साढे दुई अर्ब रुपैयाँभन्दा धेरै अनुदान दिने भएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिनुभयो । हेडवर्क्स सार्ने बारेमा पनि एडीबीले नै अध्ययन गरेको हो ।

हेडवर्क्स सार्न झण्डै साढे तीन अर्ब रुपैयाँ लाग्ने अनुमान छ । दुई वर्ष अघिदेखि नै एडीबीले हेडवर्क्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आएको भए पनि मन्त्रीपरिषद्को बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो । सरकारले सहमति जनाएसँगै आयोजनाले हेडवर्क्स सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ । आयोजनाले चार वर्षमा निर्माण सम्पन्न गरिसक्ने जनाएको छ ।  

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया