मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न शुरु, भोलिदेखि १३ दिनसम्म गाडी नचल्ने

 असार ७, २०८१ शुक्रबार ११:५८:४५ | रासस
unn.prixa.net

तस्बिर : रासस

पर्वत – राष्ट्रिय गौरव आयोजनाको कालीगण्डकी करिडोर अन्तर्गत पर्ने मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न शुरु भएसँगै १३ दिनसम्म गाडी सञ्चालनमा रोक लगाइने भएको छ ।

१३ किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से पाँच किलोमिटर खण्डमा गाडी बन्द गरेर कालोपत्र गरिने जोमसोमको कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ ।

एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका गाडीबाहेक अरू गाडीले भोलिदेखि आउँदो असार २० गतेसम्म वैकल्पिक मार्ग प्रयोग गर्नुपर्नेछ । मौसम अनुकूल भएमा १३ दिनमा कालोपत्रको काम पूरा हुने छ ।

यो सडक स्तरोन्नतिका लागि २०७७ चैतमा संयुक्त लगानीको एपेक्स–खड्का–कृष्णले ५२ करोड ८६ लाख रुपैयाँमा सडक विभागसँग सम्झौता गरेको थियो । झन्डै छ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले कालोपत्र गरिने आयोजनाले जनाएको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया