अर्थ मन्त्रालयले शुरु गर्‍याे बजेट कार्यान्वयन योजना, असारमा हुने खर्च ६ महिनाअघि गर्न निर्देशन

 असार ७, २०८१ शुक्रबार १८:२५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेट कार्यान्वयनको योजना बनाउन शुरु गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज मन्त्रालयका दुवै जना सचिव, महाशाखा प्रमुख तथा भन्सार र राजस्व प्रशासनका उच्च अधिकृतहरूको बैठक बोलाएर कार्ययोजनाबारे प्रारम्भिक छलफल गर्नुभएको हो ।

अर्थमन्त्रीले कार्यान्यवन हुनसक्ने गरी योजना तयार पार्न निर्देशन दिनुभयो । पहिलो, दोस्रो र तेस्रो त्रैमासिक योजना बनाएर काम गर्न र दशैँ, तिहारजस्ता ठूला पर्वको बिदा ख्याल गरेर मात्र कार्ययोजना बनाउन निर्देशन दिँदै उहाँले अहिले असारमा गरिरहेको खर्च छ महिनाअघि गर्न सक्नेगरी योजना बनाउनुपर्ने बताउनुभयो ।

मन्त्री पुनले बजेटको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँग मेल खाने खालको भएकाले कार्यान्वयनमा सहज हुने जिकिर गर्नुभयाे । १८ खर्ब ६० अर्ब रुपैयाँको वस्तुवादी बजेट ल्याउन सकिएकामा सन्तोष लागेको उहाँकाे भनाइ थियाे ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया