दूधकोशी आयोजनामा 'टीबीएम' मेशिनको प्रयोग हुने, सुरुङको चट्टान र माटो खन्ने काम घट्ने

 असार ८, २०८१ शनिबार ९:१७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ खन्ने काममा 'टीबीएम' मेशिनको प्रयोग हुने भएको छ । सुनकोशी–मरिणको स्थलगत अवलोकन, विस्तृत अध्ययन तथा अन्तरक्रियापछि १३ किलोमिटर लामो मुख्य सुरुङको निर्माण कार्य अब 'टनेल बोरिङ मेशिन' अर्थात् 'टीबीएम' प्रविधिबाट हुने भएको हो ।

आयोजनाको इटालियन परामर्शदाता ईएलसी इलेक्ट्रोकन्सल्ट एसपीएले 'टीबीएम' बाट मुख्य सुरुङ खन्ने काम सम्भव भएको र त्यसैअनुसार काम गर्न सिफारिस गरेको छ ।

परम्परागत 'ब्लास्टिङ' प्रविधिको सट्टा 'टीबीएम' बाट सुरुङको निर्माण गर्दा चार किलोमिटर लामो विभिन्न अडिट सुरुङहरू खन्नु नपर्ने, आठ किलोमिटर सहायक सडकहरू बनाउनु नपर्ने, मुख्य र अडिट सुरुङ खन्न झन्डै तीन हजार छ सय टन विष्फोटक पदार्थ नचाहिने भएको छ । यसबाट सुरुङको चट्टान र माटो खन्ने काम घट्ने र आठ किलोमिटर सडक बनाउनु नपर्ने गर्दा वातावरणीय प्रभाव घट्ने भएको छ ।

यसअघि भेरी–बबई र सुनकोशी–मरिण डाइभर्सन आयोजनाको मुख्य सुरुङको निर्माण कार्य 'टीबीएम' प्रविधिबाट सम्पन्न भएको थियो । जलविद्युत् आयोजनामा दूधकोशी जलाशययुक्त आयोजना 'टीबीएम' प्रविधि प्रयोग गर्ने नेपालको पहिलो जलविद्युत् आयोजना हुनेछ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा पर्ने दूधकोशी नदीमा याे आयाेजना बन्दैछ ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया