पोखरामा 'राइड शेयरिङ' सञ्चालनमा रोक

 असार ८, २०८१ शनिबार १२:२:३१ | रासस
unn.prixa.net

फाइल फाेटाे

कास्की – कास्कीको पोखरामा 'राइड शेयरिङ' एप मार्फत् यात्रु बोक्ने काम तत्कालका लागि सञ्चालनमा रोक लगाइएको छ । अनधिकृत रूपमा 'एप' मार्फत् भइरहेको 'राइड शेयरिङ' गरी यात्रु बोक्ने काम तत्कालका लागि बन्द गरिएको यातायात व्यवस्था कार्यालय कास्कीले जनाएको छ ।

कार्यालयले एक सूचनामार्फत 'एप' बाट यात्रु बाेक्ने काम तत्कालका लागि बन्द गर्न अनुरोध गरेको छ । सूचनाको अटेर गरी यात्रु बोक्नेलाई कारबाही गर्ने सूचनामा उल्लेख छ ।

यातायात व्यवस्था कार्यालय (सवारी) पोखराका प्रमुख डिल्लीराम रिजालले कानुन विपरीत निजी साधनले 'राइड शेयरिङ' सेवा सञ्चालन गरिरहेको पाइएकाले त्यसलाई रोक लगाइएको बताउनुभयो । सूचनाको पालना भए/नभएको बारेमा प्रहरीको सहयोगमा अनुगमन गर्ने पनि उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशमा 'राइड शेयरिङ' एपमार्फत् हुने यातायात सेवालाई वैधानिक बनाउन सवारी तथा यातायात व्यवस्था नियमावली–२०८० मा व्यवस्था भए पनि नियमनका लागि कार्यविधि बनेको छैन । नियमावलीमा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे गाडीले यात्रु बीमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने व्यवस्था छ । साथै यातायात कार्यालयले नै सार्वजनिक गाडीका लागि भाडादर तोक्ने गर्छ । तर अहिले 'एप' बनाएर सञ्चालन हुँदै आएका 'राइड शेयरिङ' सेवामा भाडादर आफैँ लागू गर्ने गरेका छन् । गण्डकी प्रदेशमा 'राइड शेयरिङ' सेवा गैरकानुनी रहेको छ । मापदण्ड र कार्यविधि बनेपछि मात्र निजी 'राइड शेयरिङ' दर्ता हुन पाउने छन् ।

नेपालमा पठाओ, टुटल, सहारा, इनड्राइभ, सजिलो, ट्याक्सिमान्डु लगायत 'राइड शेयरिङ' एप सञ्चालनमा छन् ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया