झापा र कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गयो, ३ जना घाइते

 असार ८, २०८१ शनिबार १२:११:३१ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – झापा र कञ्चनपुरमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन् ।

झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

तीन जना रहेको मोटरसाइकल दुर्घटनामा हुँदा मेचीनगर–१० का अभिषेक राई र विवेक दनुवार घाइते हुनुभएको छ । घाइते राई र दनुवारको उपचार भइरहेको छ ।

यस्तै पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको महेन्द्रनगर–सुडा सडक खण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा चालक २७ वर्षीय सञ्जीव चौधरीको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक नरेश विकले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकलमा रहेका मनोज चौधरी घाइते हुनुभएको छ । उहाँको कैलालीको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया