रारा तालसम्म पुग्ने नाग्म–गमगडी सडक भोलिदेखि १५ दिनसम्म बन्द हुने

 असार ८, २०८१ शनिबार १८:९:४६ | रासस
unn.prixa.net

फाइल फाेटाे

मुगु – मुगुको रारा तालसम्म पुग्ने नाग्म–गमगडी सडक स्तरोन्नति गर्न १५ दिनसम्म बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय जुम्लाले सार्वजनिक गरेको सूचना अनुसार भोलिदेखि २३ गतेसम्म बिहान ५ साढे ५ बजेदेखि बिहान १० बजे र दिउँसो १ देखि ४ बजेसम्म सडक बन्द हुनेछ ।

निर्माणाधीन नाग्म–गमगडी सडकखण्डको कनका सुन्दरी गाउँपालिकाको हाँटसिंजा क्षेत्रको सडक चौडा गर्नुपर्ने भएकाले गाडी बन्द गर्नु परेको सडक डिभिजन कार्यालयका प्रमुख चेतनारायण मण्डलले बताउनुभयो । गाडी बन्द हुँदा रारा पुग्ने पर्यटकका साथै मुगु आवतजावत गर्ने यात्रुलाई सास्ती हुने भएको छ ।

नाग्म–गमगडी सडकको पहिलो चरणमा छ किलोमीटर सडक कालोपत्र भएको छ । चरणबद्ध रूपमा बाँकी सडकलाई कालोपत्र गरिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया