पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

 असार ९, २०८१ आइतबार ७:३८:२६ | रासस
unn.prixa.net

फाइल फाेटाे

तनहुँ – तनहुँको डुम्रे र लमजुङको बेंसीसहर जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ । रातिदेखि परेको पानीले पहिरो खस्दा सडक बन्द भएको हो । बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँले पानी परिरहेको र पहिरो पनि निरन्तर खसिरहेकाले सडक खुलाउन केही समय लाग्ने बताउनुभयो । सडक अवरुद्ध भएपछि लमजुङबाट पोखरा, चितवन, भैरहवा र काठमाण्डौ आउनेजाने यात्रु र गाडी बाटोमै रोकिएका छन् । यसअघि असार ४ गते पनि पहिरो खस्दा यो सडक अवरुद्ध भएको थियो ।   

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया