मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

 असार ९, २०८१ आइतबार ९:२४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेको छ । मनसुन भित्रिएर पानी पर्ने क्रम शुरु भएसँगै पूर्ण क्षमता अर्थात् ६९ मेगावाट विद्युत् उत्पादन भैरहेको केन्द्रले जनाएको छ ।

सुक्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र अन्य स्रोतको पानी कम हुँदा घटेर बिजुली उत्पादन ३० मेगावाटसम्म झरेको थियो । तर अहिले बर्खा लागेको र गर्मीका कारण हिमाल पग्लिएर पनि नदीमा पानीको बहाव बढेपछि पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको केन्द्रका प्रमुख पशुपति गौतमले बताउनुभयो । उहाँका अनुसार तीन वटा युनिटबाट समान २३ मेगावाटका दरले पूर्ण क्षमता ६९ मेगावाट विद्युत् उत्पादन भैरहेको छ ।

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट उत्पादित बिजुली चितवनको भरतपुरबाट काठमाण्डौको स्टेसनमार्फत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया