नेप्से घटे पनि ५ वटा कम्पनीकाे शेयर १० प्रतिशतले बढ्याे

 असार ९, २०८१ आइतबार १८:९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ३७ अङ्कले घटेर २ हजार ६२ दशमलव ९४ विन्दुमा झरेको छ ।

आज फाइनान्स, अन्य र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल, माइक्रोफाइनान्स, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज ग्लोबल आईएमई लघुवित्त कम्पनीको शेयर साढे ६ प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन रिलाइन्स फाइनान्स, गणपति लघुवित्त, साधना लघुवित्त, मैलुङ खोला जलविद्युत् र नेपाल फाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज ३ सय १७ वटा कम्पनीका ९५ लाख ६१ हजार कित्ता शेयर ४ अर्ब ३७ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीको १७ करोड १३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया