सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा घट्न सक्दैन : गभर्नर

 असार ९, २०८१ आइतबार १८:२८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी समस्यामा सुधार नआउँदासम्म बैंकको खराब कर्जा घट्न नसक्ने बताउनुभएको छ ।

काठमाण्डौमा आज भएको एक कार्यक्रममा गभर्नर अधिकारीले सहकारीमा देखिएका समस्या समाधान गर्न ढिला भइसकेको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा बैंक र सहकारी छुट्टै भने पनि कारोबारसँग अन्तरसम्बन्ध रहेको बताउँदै बैंकहरूलाई पारदर्शी बनाउनका लागि बैंकहरूको खराब कर्जा बाहिर ल्याउन आवश्यक रहेको उल्लेख गर्नुभयाे ।

अर्थतन्त्रमा मन्दी र राष्ट्र बैंकको प्रभावकारी नियमनलगायतको असर बैंकको खराब कर्जामा परेको बताउँदै गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्र सुस्त हुनुमा सहकारीको ठूलो भूमिका रहेको दाबी गर्नुभयो ।

उहाँले बैंकहरूको जोखिमपूर्ण सम्पत्तिकाे व्यवस्थापन गर्न 'एसेट म्यानेजमेन्ट' ऐन राष्ट्र बैंकले बनाउन लागेको बताउनुभयो ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया