एनसेल एपमा अब माछापुच्छ्रे बैंककाे प्लेटफर्ममार्फत भुक्तानी सुविधा

 असार ९, २०८१ आइतबार १८:४०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंककाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गएकाे हप्ता एनसेल आइकन लैनचौरमा हस्ताक्षर गर्नुभएकाे थियाे ।

मोबाइलमा डेटा सकिएपछि ब्यालेन्स नकाटिने र अन्य सुविधा रहेको एनसेलको ‘सधैँ अन’ योजनाअन्तर्गत गरिएको यस सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकमा खाता भएका एनसेलका ग्राहकले बैंकको मोबाइल बैकिङ एप 'एमबीएल एम–स्मार्ट' को चेक आउट सर्भिस प्रयोग गरी एनसेलको मोबाइल एप, रिटेलर्स एप, वेबसाइटमार्फत सजिलै ब्यालेन्स रिचार्जका सेवा सुविधा खरिदका लागि भुक्तानी गर्न सक्नेछन् । यसैगरी एनसेलका वितरक तथा खुद्रा बिक्रेताले पनि रिटेलर्स एपमार्फत सिधै माछापुच्छ्रे बैंककाे खातामा रहेको रकमबाट आफ्नो भर्चुअल फन्ड लोड गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकको डिजिटल यात्रालाई सहज बनाउँदै सधैँ अन रहन सहयोग गर्ने विश्वास एनसेल र माछापुच्छ्रे बैंकले लिएको छ । एनसेल एपमा अन्य सुविधा पनि रहेका छन् जसले ग्राहकलाई देशभित्र मात्र नभई देशबाहिर रोमिङमा रहँदा पनि सुविधा प्रदान गर्नेछ ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया