बलिउड अभिनेता अमिताभ बच्चनले तिरिदिए किसानको ऋण

 मंसिर ५, २०७५ बुधबार ६:५४:४० | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता अमिताभ बच्चनले किसानको ऋण तिरिदिएका छन् । उनले किसानको चार करोडभन्दा बढी ऋण तिरिदिएका हुन्  । 

मंगलबार अमिताभ बच्च्नले आफ्नो ब्लगमा लेखेका छन् उनले १ हजार ३ तीन सय ९८ किसानकोे ऋण तिरिदिएर जिम्मेवारी उठाएका छन् । उनले लेखेका छन् ‘एक काम पूरा भयो ।’

सबै किसान उत्तर प्रदेशका हुन् । 

उनको ब्लगका अनुसार यो रकम बैंक अफ इन्डियासँग सम्झौता गरेर तिरिएको थियो । उनले २६ नोभेम्बरमा आफैँले किसानहरुलाई बैंकको ऋण भक्तानको पत्र दिनेछन् । 

बच्चनले ऋण भूक्तानको पत्र दिनका लागि ७० जना किसानलाई मुम्बई बोलाएका छन् । उनीहरुलाई मुम्बई ल्याउनका लागि ट्रेनको एक डिब्बा बुक गरेको बताइएको छ ।  
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया