काठमाण्डाै महानगरले ल्यायाे २५ अर्ब ७० कराेड रुपैयाँकाे बजेट, सबैभन्दा धेरै पूर्वाधार विकासमा

 असार १०, २०८१ सोमबार १८:३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले आउदाे आर्थिक वर्ष २०८१/०८२ का लागि २५ अर्ब ७० करोड रुपैयाँभन्दा धेरैको बजेट ल्याएको छ ।

महानगरपालिकाकी उपमेयर सुनिता डङ्गाेलले आज नगरसभाको १५ औँ अधिवेशनकाे तेस्राे बैठकमा २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । सबैभन्दा धेरै पूर्वाधार विकासका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार रुपैयाँ विनियोजन भएको छ । यो कुल बजेटको ६१ दशमलव २० प्रतिशत हो ।

यस्तै काठमाण्डौले कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ३ अर्ब ४९ करोड ४५ लाख, सामाजिक क्षेत्रका लागि ३ अर्ब ८१ करोड ३६ लाख र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड २१ लाख रुपैयाँ छुट्याएको छ । आन्तरिक स्रोतबाट १९ अर्ब १५ करोड ६६ लाख रुपैयाँ स्रोत व्यवस्थापन हुने बजेटमा उल्लेख छ ।

याे बजेट चालू आर्थिक वर्षकाे भन्दा केहीले बढी हाे । महानगरले चालू आर्थिक वर्षका लागि २४ अर्ब ८ करोड ५७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियाे ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया