विराटनगर महानगरकाे बजेट ३ अर्ब ४९ कराेड रुपैयाँ

 असार १०, २०८१ सोमबार १८:२५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मोरङको विराटनगर महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ ।

उपमेयर शिल्पा कार्कीले प्रस्तुत गरेको बजेटमा सबैभन्दा धेरै शैक्षिक विकास कार्यक्रमका लागि ७८ करोड, स्वास्थ्य विकास कार्यक्रमका लागि २० करोड ५७ लाख, नगरस्तरीय योजनाका लागि ३५ करोड रुपैयाँ विनियोजन भएको छ ।

यस्तै महानगपालिकाले युवा विकास कार्यक्रमका लागि ९५ लाख ८४ हजार, खेलकुद विकास कार्यक्रमका लागि १ करोड ८ लाख, रोजगार प्रवर्द्धन कार्यक्रमका लागि ७० लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरेकाे छ ।

याे बजेट चालू आर्थिक वर्षभन्दा केहीले बढी हाे । महानगरले चालू आर्थिक वर्षका लागि महानगरपालिकाले ३ अर्ब ३६ करोड १७ लाख रुपैयाँकाे बजेट ल्याएको थियो ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया