ललितपुर महानगरकाे बजेट ७ अर्ब ४६ कराेड रुपैयाँ

 असार १०, २०८१ सोमबार १८:३१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुर महानगरपालिकाले आउँदाे आर्थिक वर्ष २०८१/०८२ का लागि ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँभन्दा धेरैको बजेट ल्याएकाे छ ।

महानगरकी उपमेयर मञ्जली शाक्यले आज नगरसभाको पाँचाैँ अधिवेशनको तेस्रो बैठकमा ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँकाे बजेट सार्वजनिक गर्नुभएकाे हाे । बजेटमा चालू खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख र पूँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ ।

यो बजेट चालू आर्थिक वर्षकाे भन्दा १५ प्रतिशतले बढी हाे । महानगरले चालू आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख रुपैयाँ बजेट विनियाेजन गरेकाे थियाे ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया