प्रतिनिधि सभाबाट बजेट पारित

 असार ११, २०८१ मंगलबार १५:४०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – प्रतिनिधि सभाबाट आउँदाे आर्थिक वर्ष २०८१/०८२ काे बजेट पारित भएकाे छ । प्रतिनिधि सभाकाे आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक २०८१ लाई पारित गरियोस्’ भनी राख्नुभएको प्रस्ताव बहुमतले पारित भएकाे हो ।

सरकारले गएकाे जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदाे आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।

प्रतिनिधि सभामा गएकाे जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल शुरु भएको थियो । विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिनुभएको थियो ।

यस पटक सरकारको बजेटमा सत्तापक्षका सांसदहरूले नै चर्को असन्तुष्टि जनाएका छन् । विशेष गरेर प्रधानमन्त्री प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र अर्थमन्त्री वर्षमान पुनको निर्वाचन क्षेत्रमा मात्रै बजेट खन्याएको र कतिपय राष्ट्रिय आवश्यकताका योजनासमेत कटौती गरेको सांसदहरूको आरोप थियो ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै बजेट निर्माणमा कमजोरी भएको स्वीकार्नुभएको छ । बजेटलाई सन्तुलित बनाउने कोशिश गर्दागर्दै पनि केही तलमाथि भएको भन्दै प्रधानमन्त्री प्रचण्डले अर्थ र भौतिक पूर्वाधार मन्त्रीको ध्यानाकर्षण समेत गराउनुभएको छ । आफूले आउँदो वर्षको बजेट विगतको भन्दा फरक तरिकाले निर्माण गर्ने कुरा पटक पटक गरेको तर परम्परागत ढङ्गबाट बजेट निर्माण गर्ने पद्धति बदल्ने प्रतिबद्धतामा पूर्णतः सफल हुन नसकेको उहाँको भनाइ छ ।

सत्ता समीकरण फेरिँदा बजेटको कार्यतालिका र प्राथमिकता पनि परिवर्तन भएकाले अर्थमन्त्री केही समस्यामा परेको प्रचण्डले बताउनुभयाे । तर सम्भव भएसम्म बजेटमा भएका त्रुटि सच्याएर सच्याउन प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री पुनको ध्यानाकर्षण गराउनुभएको छ ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया