नेपालले दक्षिण अफ्रिकालाई गाह्राे बनाउँदा हामीलाई प्रेरणा मिलेकाे थियाे : राशिद खान

 असार ११, २०८१ मंगलबार १८:१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : आईसीसी

काठमाण्डाै – अफगानिस्तान क्रिकेट टिमका कप्तान राशिद खानले नेपालले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन् ।

आज बिहान भएको बङ्गलादेशसँगको खेलपछिको पत्रकार सम्मेलनमा राशिद खानले नेपालले प्रतियोगिताभरि हेर्नलायक प्रदर्शन गरेको बताएका हुन् । उनले भने, ‘नेपालले विश्वकपमा आएर उत्कृष्ट प्रदर्शन गर्‍याे । नेपालले आफ्नो समूहका सबै टोलीसँग उत्कृष्ट क्रिकेट खेलेको थियो ।’

अफगानिस्तानका कप्तान राशिदले नेपालले दक्षिण अफ्रिका जस्तो बलियो देशलाई गाह्रो बनाउँदा आफूहरूलाई प्रेरणा र प्रोत्साहन मिलेको पनि बताए । उनले भने, ‘कुनै टिमले सानो लक्ष्य बचाउने प्रयास गरेको देख्दा पनि हामीलाई धेरै कुरा सिक्न मिल्छ । नेपालले प्रतियोगितामा सानदार प्रदर्शन गर्‍याे । यो टी–२० क्रिकेट हो । यो खेलमा हामी कुनै पनि टिमलाई हराउन सक्षम छौँ भन्ने आत्मविश्वास हुनुपर्छ ।’

यसैबीच बङ्गलादेशलाई हराउँदै अफगानिस्तान पहिलाे पटक टी–२० विश्वकप क्रिकेटकाे सेमिफाइनलमा पुगेकाे छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया