दार्चुलाको हिमाली क्षेत्रमा यो वर्ष कम यार्सा सङ्कलन

 असार १२, २०८१ बुधबार १२:८:५८ | रासस
unn.prixa.net

फाइल फाेटाे

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा यो वर्ष तुलनात्मक रूपमा कम मात्रामा यार्सा  सङ्कलन  भएको छ । यसवर्ष यार्सागुम्बा सङ्कलनका लागि लेक पुगेका यार्सा पाउन छोडेपछि अहिले धमाधम घर फर्किनसमेत शुरु गरेका छन् । गएको बैशाख अन्तिम हप्तादेखि लेक गएका यार्सा  सङ्कलक यतिबेला घर फर्किने क्रम बढेको स्थानीयले बताएका छन् ।

विगतका वर्षमा प्रर्याप्त मात्रामा अपि हिमाल गाउँपालिकाका पाटन क्षेत्रमा हिमपात र पानी पर्ने भएकाले यार्सागुम्बा पाइने गरेकोमा यो वर्ष हिमपात र पानी नपरेका कारण यार्सागुम्बा  सङ्कलन न्युन मात्रामा भएको अपी हिमाल गाउँपालिका वडा ३ का स्थानीय निर्मला कार्कीले बताउनुभयो ।

विगतका वर्षमा परिवारबाट एक्लै यार्सागुम्बा सङ्कलनका लागि गए पनि यार्सागुम्बा विक्रीबाट एक लाख रुपैयाँभन्दा धेरै कमाउने गरेको भए पनि यो वर्ष हिमपात र पानी नपरेका कारण सोचेजति यार्सागुम्बा सङ्कलन नभएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया