युरो कप फुटबलमा आज चार वटा खेल हुँदै, राति पाैने १ बजे पाेर्चुगल र जर्जिया खेल्दै

 असार १२, २०८१ बुधबार १८:२५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – युरो कप फुटबलमा आज राति चार वटा खेल हुँदैछन् । राति पौने १० बजे फ्र्याङ्कफर्टमा समूह ‘ई’ का स्लोभाकिया र रोमानिया खेल्दैछन् । रोमानिया २ खेलमा ३ अङ्कसहित शीर्ष स्थानमा छ । स्लोभाकिया पनि २ खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छ ।

यस्तै राति पौने १० बजे नै स्टुटगर्टमा यही समूहका युक्रेन र बेल्जियम खेल्दैछन् । बेल्जियम २ खेलमा ३ अङ्कसहित दोस्रो स्थानमा छ । युक्रेन पनि २ खेलमा ३ अङ्कसहित पुछारमा छ ।

यस्तै राति पौने १ बजे गेलसेनकिर्चेनमा समूह ‘एफ’ का जर्जिया र पोर्चुगल खेल्दैछन् । पोर्चुगल २ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा छ । जर्जिया २ खेलमा १ अङ्कसहित पुछारमा छ ।

यस्तै राति पौने १ बजे नै हमबर्गमा यही समूहका चेक रिपब्लिक र टर्की खेल्दैछन् । टर्की २ खेलमा ३ अङ्कसहित दोस्रो स्थानमा छ । चेक रिपब्लिक २ खेलमा १ अङ्कसहित तेस्रो स्थानमा छ ।

यसअघि स्पेन, जर्मनी, पोर्चुगल, स्विट्जरल्यान्ड, इटाली, डेनमार्क, इङ्गल्यान्ड, फ्रान्स र अस्ट्रिया युरो कपको अन्तिम १६ मा पुगिसकेका छन् । अब ६ वटा टोलीको टुङ्गो लाग्न बाँकी छ । अन्तिम १६ का खेल आउँदो शनिवारदेखि शुरु हुनेछ ।

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया